चितवन २५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र सुधार गर्न सरकार असक्षम भएको आरोप लगाउनु भएको छ ।
नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा बोल्दै उपाध्यक्ष पाण्डेले अर्थतन्त्र कमजोर भएको वेला सरकारसंग सुधारका कुनै योजना नभएको बताउनुभयो । अवस्था झन भयावह हुदैछ सरकारसंग न कुनै योजना छ न कार्यक्रम उहाले भन्नुभयो काँग्रेसले जितेन भने पैसा दिन सक्दैनौ भन्दै हिडेका छन् ‘काँग्रेसले जितेन भने पैसा दिन सक्दैनौ भन्दै हिडेका छन्, प्रधानमन्त्री पत्नीको अभिव्यक्ति खेदजनक छ । ’
दुरगामी योजना नभएको सरकारबाट कुनै राम्रा कार्यक्रमको आस गर्नु व्यर्थ हुने उहाले बताउनुभयो । एमाले एउटा यस्तो पार्टी हो जसले देश र जनताको भविश्यको विषयमा दुरगामी योजना ल्याउन सक्दछ । एमालेको नेतामा मात्र विकासका कार्यक्रम ल्याउने सक्ने क्षमता भएको नेता पाण्डेले बताउनुभयो ।
उहाले निर्वाचनमा धम्क्याएर थर्काएर जनतमत पाउन सकिन्छ भन्ने गठवन्धनले नगरे हुने बताउनुभयो ।
