गठवन्धनले हमला गरेर जित्ने प्रयत्न गर्न खोज्दैछ : अध्यक्ष ओली

शालिग्राम नेपाल

चितवन, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा गठवन्धनले हमला गरेर जित्ने प्रयत्न गर्न सक्ने बताउनु भएको छ ।
नेकपा एमालेले चितवनमा आइतबार नारायणगढमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उहाले जसरीपनि निर्वाचन जित्नको लागि धम्की आइराखेकाले युवाहरुलाई सजग हुन आग्रह गर्नुभएको छ । उहाले भन्नुभयो ‘ यु्वा तपाइहरु सजग हुनुहोस गठवन्धनले महला गरेर जित्ने कोसिस गर्न सक्छन्, सूचना दिइ हाल्नुहोस सुरक्षाकर्मीले त्यसलाई रोक्नेछन् । ’
धम्कीपूर्ण तरिकाले मत माग्दै हिड्ने नेताहरुलाई निर्वाचन आयोगले कार्वाहीको प्रकृया अगाडि नबढाएकोमा उहाले चिन्ता व्यक्त गर्नुभयो । धादलीरहित, निश्पक्ष, स्वतन्त्रपूर्वक मत हाल्ने अधिकारलाई कसैले धम्की दिन नहुने र दिएमा कानुन वमोजिम कार्वाही भोन्नु पर्ने हुन्छ तर त्यसो भइराखेको छैन अध्यक्ष ओलीले भन्नुभयो । सानालाई कार्वाही ठुलालाई चुप लागेर वस्ने हुदैन कानुन सवैलाई वरावर गर्नु पर्छ । गठवन्धनका दलहरु स्थानीय निर्वाचनबाट कमजोर हुने डरले अत्तालिएको आरोप लगाउनुभयो ।
यो निर्वाचनबाट प्रचण्डको छोरीलाई जिताए आउदो २० वर्षसम्म गठवन्धन जारी राख्ने भन्ने अभिव्यक्तिले काँग्रेसलाई माओवादीले कमजोर बनाउछ यो कुरा कार्याकर्ताले बुझ्नु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो ‘माओवादीलाई भोट हालेर जिताए अझै २० वर्ष म छाड्दिन गठवन्धन गरी राख्छु भन्नुको अर्थ काँग्रेस पार्टीलाई सकाउने मेसो हो । ’
प्रधानमन्त्री पदका लागि नेतृत्वले काँग्रेस पार्टी सिध्याउन खोजेका छन् ओलीले भन्नुभयो ‘जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको छ, देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह म आग्रह गर्दछु ।’ हेर्दाहेर्दै पार्टी सकिएको कसरी हेर्न सक्नुहुन्छ काग्रेसका कार्यकर्ताहरु उहाले भन्नुभयो पार्टी जोगाउन लाग्नुहोस ।
कार्यक्रममा उहाले आफ्नो नेतृत्वमा सरकार हुदा देश आर्थिक संकटमा नपरेको भन्दै अहिले अवस्था नाजुक भएको टिप्पणी गर्नुभयो । अबको संसदीय निर्वाचनबाट एमाले पार्टीले वहुमत ल्याउने र एमालेको नेतृत्वले अर्थ व्यवस्था सुधार गरेर लैजाने बताउनुभयो ।
वर्तमान सरकारले कुनै नयाँ काम गर्न नसकेको आरोप लगाउदै कुनै एउटा नयाँ योजना ल्याएको भए सार्वजनिक गर्न चुनौती दिनुभयो । एमालेको नेतृत्वको सरकारले चुचे नक्सा, सुरुङ मार्ग, अन्तरराष्ट्रिय विमान स्थल निर्माण, हुलाकी सडक निर्माणलगायत दर्जनौ नयाँ काम गरेर देखाएको बताउनुभयो । कार्यक्रममा उहाले भरतपुरका मेयर उमेदवार विजय सुवेदीलाई जिताए यहाँको विकासको जिम्मा आफूले लिने दवा िगर्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, एमालेका उपाध्यक्ष रामवहादुर थापा वादल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, सीता पौडेललगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट