देवघाटमा सिद्धार्थ बैंकको सेवा सुरु

चितवन, ९ फागुन :

तनहुको देवघाटमा सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । देवघाट वडा नम्बर ५ स्थित देवघाट गाउपालिकाको कार्यालयको आडमा रहेको सो शाखाले आज बिहिबारदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

शाखाको देवघाट गाउपालिकाका प्रमुख दुर्ग बहादुर थापाले समुद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै उहाले देवघाटको नया शाखाले यस आसपासका ग्राहकलाई सहज हुने र समयको बचत हुने बताउनुभयो । उहाले बैंकलाई ग्रामीण क्षेत्रका जनताको सहयोगी बन्न आग्रह गर्दै अझै देवघाट गाउपालिकाको विभिन्न ठाउहरुमा शाखा विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बैंकका सहायक कार्यकारी अधिकृत रामेश्वर बस्यालले नेपाल राष्ट्र बैकबाट क बर्गको ईजाजतपत्र प्राप्त सिद्धार्थ बैंकले नया शाखा कार्यालयहरुबाट निक्षेप परिचालन, कर्जा प्रवाहसंगै आधुुनिक बैंकिङ सेवा प्रदान गरिने बताउनुभयो । उहाले देवघाट गाउपालिका ग्रामिण भेग भएकाले ठूला ठूला कर्जाहरुमा भन्दा लघु कर्जाहरुको सम्भाब्यतालाई बढी मध्यनजर गरीएको बताउनुभयो । सोही अनुसार देवघाटका महिलाहरुको वृद्धि विकासका लागि १५ लाख बराबरको सिद्धार्थ महिला उद्धमशिल कर्जा, १० लाख सम्मको सिद्धार्थ कृषि तथा पशुपंछी कर्जा, विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरेर १० लाख सम्मको युवा स्वरोजगार कर्जा, आर्थिक अवस्था कमजोर भएका मेधावी विध्यार्थीहरुको लागी उच्च तथा प्राथमिक शिक्षा कर्जा, ग्रामिण भेगमा पिछडिएर बसेका दलित समुदायहरुलाई केहि बैकिङ पहुच पुर्याउनका लागि १० लाख बराबरको दलित विकास ब्यबसाय कर्जा लगायतका योजनाहरु ल्याएको उहाले बताउनुभयो । साथै शैक्षिक युवा स्वरोजगार, भुकम्प पिडितलाई आवास निर्माण गर्नका लागि ३ लाख बराबरको कर्जा ल्याएको र सोहि अनुसार सो शाखाबाट सेवाहरु प्रदान गर्ने जनाएको छ । उहाले देवघाट गाउपालिका आसपासका ग्राहकको चाहनालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको बताउदै आगामि दिनमा अन्य क्षेत्रहरुमा पनि शाखा विस्तार गरिने बताउनुभयो ।

सिद्धार्थ बैंकको यसअघि तनहुमा दमौली, दुले गौडाबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ । मुख्य कार्यालय काठमाण्डौमा रहेको बैंकको मुलुकभर १ सय ३९ वटा शाखाहरु विस्तार भैसकेको छ ।

समुद्घाटन कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, देवघाट गाउपालिकाका उप प्रमुख विमला थापा मगर, देवघाट गाउपालिकाका प्रशासकिय अधिकृत रमेश सुवेदी, देवघाट गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर गुरुङ, वडा नम्बर ५ का वडा अध्यक्ष यल बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सिद्धार्थ बैंक लिमिटेड प्रदेश नम्बर ३ का प्रमुख दुर्गाराज पाण्डेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको सभापतित्वमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट