भरतपुर । सामाजिक, राजनीतिक र दानवीरका रुपमा परिचित नाम हो कमलबहादुर मल्ल । भरतपुर महानगरपालिका वडा नं. ११ का स्थायी वासिन्दा मल्ल निष्ठावान इमान्दार व्यक्तिका रुपमा चर्चित उनी अहिले नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिका वडा नम्बर ११ को अध्यक्ष पदमा उमेदवारको रुपमा चुनावी मैदानमा उत्रेका छन् ।
वडाको विकासको लागि मनमा विभिन्न दीर्घकालिन योजनाका साथ हिडेका उनी आफ्नो कार्यकालमा नमुना वडा निर्माण गर्ने हुटहुटी बोकेका छन् । कार्यालयबाट हुने कामलाई जनताको घरघरमा कसरी सेवा दिन सकिन्छ भन्ने तयारीमा छन् । उनले भने ‘जन्मदर्ता मृत्युदर्ता वृद्धभत्ता जस्ता काम लिन वडा कार्यालयसम्म जान पर्दैन, यो काम जनताको घरमा पुगेर दिन सक्छौ । म यस्ता काम आउदा दिनमा जनताको घरमा नै सेवा दिनेछु जुन मसंग राम्रो योजना छ ।’
उनको राजनीतिक यात्रा हेर्ने हो भने सानै उमेरबाट भएको पाइन्छ । राजनीति र शिक्षण पेसालाई संगै लगेका मल्ल हुम्ला जिल्लाको सस्थापक कम्युनिष्ट नेताको रुपमा स्थापित हुन् ।
वि.सं. २००७ साल चैत्र २८ गते पर्वत जिल्लाको मल्लाज एकछानेमा जन्मेका उनले स्नातक तहको अध्ययन पूरा गरेका छन् । २०२८ सालमा माक्सवादी सदस्यको संगठित सदस्य लिएपछि कम्युनिष्ट पार्टीमा आवद्ध भए । सानैदेखि कम्युनिष्ट पार्टीको बिचार र सिद्धान्तबाट प्रभावित मल्ल निरङकुश तन्त्रको विरोधमा पार्टीको काममा लागे ।
जीवन निर्वाहको लागि शिक्षण पेशामा आवद्ध भएपनि मल्लले पार्टी निकट विभिन्न संगसंगठनमा आवद्ध भएर अप्रत्यक्ष रुपमा पार्टीलाई सहयोग पु¥याउदै आए । अध्ययन गर्नेक्रममा पोखराको पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियुको सदस्य भएर काम गरे । पढाइसंगै अध्यापनमा लागेका मल्ल पार्टीको काममा पनि सक्रिय भए । तराइ क्षेत्रमा संगठनको विस्तार भएपनि हिमाली क्षेत्रमा गठन हुन नसकेको भन्दै पश्चिम नेपालको हिमाली क्षेत्रमा जान पार्टीले निर्देशन दिएपछि त्यतै गए । जागिरको सरुवा मिलाएर २०३४ सालमा डोल्पा पुगे ।
डोल्पा जानु अगाडि कोअडिनेशन किमिटी (कोके)को राति वैठक बसेर जान निर्देशन दिएको थियो । उनीसंगै हिमाली क्षेत्रमा जानेमा सोमनाथ प्यासी, कृष्ण रिजाल, इन्द्र कुवर, हितकुमारी शेरचन र कुसुमलता श्रीस थिए । पञ्चायत कालिन समय भएकाले खुलेर पार्टीको काम गर्न सहज थिएन ।
इमान्दार सादगी नेताका रुपमा परिचित मल्लले २०३७ सालमा नेकपा मालेको सदस्यता लिए । भूमिगत रुपमा पार्टीको काम गर्ने । र जागिरलाई निरन्तरता दिदै जाने गरे । २०४२ सालमा डोल्पाबाट हुम्लामा सरुवा भए । हुम्ला पुगेपछि सदरमुकाम सिमिकोटमा जिल्ला कमिटी गठन गरे । र सस्थापक सदस्य भएर काम गरे । जिल्ला कमिटीपछि उनले कर्णाली अञ्चल कमिटीमा रहेर जिम्मेवारी सम्हाले ।
दिउसो शिक्षण राती पार्टीको काममा लागेका मल्ल १८ वर्ष हिमाली क्षेत्रमा समय बिताए । जागिरसंगै पार्टीको काममा सक्रिय मल्ल २०४६ सालको जनआन्दोलनपछि खुलेर पार्टी राजनीति र शिक्षण गर्न थाले । शिक्षण पेसामा आवद्ध रहदा नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाको जिल्ला अध्यक्ष, वुद्धिजीवि परिषदसंगै सामाजिक संघ सस्थामा रहेर सामाजिक काममा सक्रिय भएका मल्ल जागिरे जीवन सकेर २०६० सालमा चितवन आए ।
चितवन आएपछि वडा नंं. ११ को वडा कमिटी सचिव भएर काम गरे । ‘पार्टीको काममा सानो ठूलो केही नभनी जिम्मेवारी लिनु पर्छ भन्ने भावना भएकाले मैले त्यसलाई सहजै स्वीकारे’ उनले भने । वडाको जिम्मेवारीपछि महानगर कमिटीको सल्लाहकार, पार्टीको क्षेत्रीय कमिटीको अध्यक्ष, जिल्ला कमिटीको दुइ कार्यकाल सदस्य, र अहिले वर्तमान प्रदेश कमिटी सदस्य भएर पार्टीको काममा लागे ।
सामाजिक काम भनेपछि हुरुक्कै भएर लाग्ने मल्लले नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय भोजाडमा ७० लाख रुपियाँ दान दिएर त्यहाँको शैैक्षिक विकासमा योगदान गरेका छन् । ती मात्र नभइ अन्य स्थानमा दान सहयोग गर्ने मल्ल दर्जान भन्दा धेरै सामाजिक सस्थामा अवद्ध भएर विकास निर्माणको काममा सक्रिए भएका छन् ।
वडा अध्यक्षमा मल्ल, सदस्यमा लालमाया लामा, भोजराज सुवेदी, सागर कुमाल (तारा), सीता रनपाल रहेका छन् ।
वडाको विकासमा नयाँ योजनाका साथ चुनावी मैदानमा उत्रेका उनले कम्तीमा पनि निम्न विषयलाई प्राथमिकतामा राखेका छन् ।
१) वडाबाट मिल्ने सेवाहरु घरघरमा उपलब्ध गराउने ।
२) अव्यवस्थित वसोवासलाई व्यवस्थित पार्ने ।
३) ढल निकास सहित मात्र कालोपत्रे निर्माण गर्ने ।
४) प्रविधिकको योजनामा विकास निर्माणको कामलाई निरन्तरता दिने ।
५) जनताको काम आफूले सेवकको रुपमा गर्ने ।
६) हरियाली वडा निर्माण गर्ने ।
७) आर्थिक स्तर वृद्धि हुने कार्ययोजना ल्याउने ।
लगायतका योजना लिएको छ ।