भरतपुर-३ का अध्यक्ष उमेदवार थापाकाे याेजना,”बिपी नगरवनलाई पर्यटकीय केन्द्र बनाउँछु “

चितवन, वैशाख २२ ।
नेकपा(एमाले ) बाट भरतपुर महानगरपालिका वडा नम्बर-३ का अध्यक्षका उमेदवार बिकास थापाले बिपी नगर वनलाई ब्यवस्थित पर्यटकीय केन्द्रका रुपमा निर्माण गर्ने याेजना रहेको बताउनुभएको छ ।
नारायणी पुलवाट करिव एककिलाेमिटर दक्षिण तर्फ रहेकाे नदी बिचकाे टापु जङ्गललाई ब्यवस्थित गरि महानगरकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने उहाँले बताउनुभयो ।
“कतिपय रुखहरु समेत कटान भई वनक्षेत्र झाडिमय छ, ठुला रुखकाे संरक्षण गर्दै बायाँ तर्फकाे भङ्गालाेलाई तालमा परिणत गरि नाैका विहारकाे सेवा दिन सकिन्छ । वनमा गैंडा समेत देख्न पाईन्छ । तर बिपी नगर वनकाे ब्यवस्थित संरक्षण हुन सकेको छैन । अध्यक्ष भए पश्चात यस्लाई ब्यवस्थित गर्ने याेजना बनाएको छु । “- थापाले भन्नुभयो ।
भरतपुर-३ मा नारायणगढ बजारकाे पुल्चोक, शहिदचाेक, लायन्सचाेक, बेलचाेक, बारघरे लगायतका स्थान पर्दछन् । ढल निकास सहितको सडककाे स्तराेन्नती, पुंगि खाेलाकाे संरक्षण , नहर छेउ आईटि पार्क, स्थानीय ब्यवसायीकाे हकहित प्रवर्द्धन लगायत आफ्नो एजेन्डा रहेको थापाले सुनाउनुभयो ।
ट्राफिक ब्यवस्थापन, सिसिटिभि जडान, स्मार्ट सडक वत्ति,फाेहाेर ब्यवस्थापनका बिषयमा पनि स्पष्ट कार्ययाेजना रहेकाे उहाँले जानकारी दिनुभयाे ।
स्थानीय माझ थापा लाेकप्रिय छन् । समाजमा पर्ने हरेक किसिमका समस्याहरुकाे सामाधानमा अगुवाकाे भुमिका खेल्दै आएका छन् ।
वि.सं.२०२२ सालमा उनकाे परिवार गाेरखाबाट चितवन बसाइँ सरी आएको हाे । आफू भिमसेन थापाकाे नवाै पुस्ताकाे सन्तान रहेको थापाले सुनाउनु भयाे ।
“म मा वडाकाे बिकास र समृद्धिका याेजना कार्यान्वयन गर्ने उर्जा र हिम्मत छ । अध्यक्ष पदमा बिजयी गराईदिन सम्पूर्ण वासीमा अपिल गर्दछु ।”उहाँले भन्नुभयो ।
४४ बर्षिय थापाले समाजशास्त्रमा स्नातकतह सम्मकाे अध्ययन पूरा गर्नुभएकाे छ छन्। उवासंघ चितवनकाे दुई कार्यकाल सदस्य, भगवती टाेल सुधार समितिकाे सल्लाहकार , लायन्स क्लव अफ चितवन गाेल्डेनकाे अध्यक्ष लगायतका सामाजिक भुमिका निभाएकाे अनुभव पनि उहाँ संग रहेको छ ।
सूर्य ध्वजाबाहक उमेदवार थापाका मुल प्रतिस्पर्धी काङ्ग्रेसका भरतप्रसाद लामिछाने देखिन्छन् । तर, काङ्ग्रेस कै तारामित्र पण्डित अध्यक्षका वागी उमेदवार रहेकाले थापा “सहज जाेन” मा रहेको स्थानीयकाे बुझाई छ । वडामा ४ हजार ९११ जना मतदाता रहेका छन् ।
आफुलाई सबै राजनीतिक आस्थाका मतदाताले भाेट दिने थापाले बिश्वास ब्यक्त गर्नुभयो ।
एमाले वाट वडा सदस्यहरुमा कमलादेवी बाेलखे, कृती रीमाल, महेन्द्र तिवारी र शुक्रमान लामाकाे उमेदवारी छ ।

शेयर गरौ

ताजा अपडेट