पार्टीले गरेको निर्णय तल्लो तहले मान्नु पर्छ : सभापति देउवा

चितवन, २२ वैशाख । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ८२ प्रतिशत साथीहरुले मत दिएर सभापति भएको विश्वासबाट गठबन्धन निर्माण गरेकाले हाम्रो निर्णयलाई तल्लो तहका सबैले मान्नु पर्ने बताउनु भएको छ ।

सत्ता गठबन्धनले विहीवार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन हर्दै सभापति देउवाले गठबन्धनको निर्णय कार्यान्वयन गराउने काम पार्टीका सबै कार्यकर्ताको दायित्व रहेको बताउनुभयो ।
गठबन्धन आवश्यक भएर नै गरिएको हो यसमा बिरोध गर्न हुदैन उहाले भन्नू भयो अरु जिल्लामा बिरोध छैन यहाँ किन भैराखेको छ उहाले भन्नू भयो । अहिले सहयोग गर्नुहोस पछि अवसर पाइन्छ देउवाले भन्नू भयो भरतपुरको विकासमा रेनु दाहालले गर्नु भएको छ त्यसलाइ ध्यान दिनु पर्दछ । गठबन्धनको चाहना अनुसार परिणामा आउनेमा मैले विश्वास लिएको छु ।

 

शेयर गरौ

ताजा अपडेट