एक्लै हिडेर सफल हुदैन भन्ने जानेरनै गठबन्धन गरेका हौ : प्रचण्ड

चितवन, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिन एक्लाएक्लै हिडेर सफल नहुने इतिहासको पाठ सिकेरै नै गठबन्धन गरेको बताउनु भएको छ ।

सत्ता गठबन्धनले विहीवार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन हर्दै उहाले नेपालको इतिहासलाई मनन गरेर नै हामीले देशलाई निकास दिन दलहरु मिलेको प्रष्ट पार्नु भयो ।

गठबन्धन को बिपक्षमा केही साथीहरुले टिप्पणी गरेको मैले सुनेको छु प्रचण्डले भन्नूभयो “२०४६ सालको आन्दोलन, २०६२÷६३ को आन्दोलनमा एक्लै हिडेर सफलता प्राप्त गरेका हौ र ? देश बचाउनको लागि प्रतिगामीको पञ्जाबाट जोगाउन अहिले पनि गठबन्धन गरेका हौ यो विषय सबैले बुझ्नु पर्दछ । ”

२०७४ को निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जादा काङ्ग्रेसले भोट हाल्न सहज नभएको कारण एमालेसंग मिलेको हो प्रचण्डले भन्नू भयो “यो गठबन्धन देश जनता राष्ट्रको आवश्यकताको लागि गरिएको हो”, उहाले भन्नूभयो “सहि रुपमा निश्कर्ष आयो भने बिसौ वर्ष मिलेर जान सक्छौ यदि गठबन्धनको भावना अनुरुप परिणाम आएन भने दुर्घटनामा देश जान्छ ।”

सहमती सहकार्य र एकता आजको आवश्यकता हो उहाले भन्नूभयो गठबन्धन तोड्न अनेक जालझेल भएको छ । हामीले गठबन्धनलाई जोगाएर यहासम्म ल्याएका छौ र निरन्तरता दिनेछौ प्रचण्डले भन्नूभयो ।
तपाइहरुको साथ सहयोग भयो भने म धेरै अगाडिसम्म जाने छु उहाले भन्नूभयो हाम्रो चाहना अनुसारनै परिणाम आउने छ भन्ने विश्वास लिएको छु । भरतपुर महानगरले विकासका अनेक सुचकमा रेकर्ड कायम गरेको दावी गर्नु भयो ।

 

शेयर गरौ

ताजा अपडेट