एमाले कुहिएको फर्सी हो, अब झर्छ : माधवकुमार नेपाल

 

चितवन, २२ वैशाख । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली झुठको पुलिन्दा भएको आरोप लगाउन भएको छ ।
सत्ता गठबन्धन पाँचदलीय पार्टीले विहीवार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाले झुटलाई पत्याउने गरि ओलीले व्याख्या गर्दै आउनु भएको छ त्यसबाट जनता सचेत हुनु पर्नेमा जोडदिनु भयो ।

नेता नेपालले भन्नूभयो “एमाले भनेको कुहिसकेको फर्सी हो अब छिटो झर्छ, हामी लोकतान्त्रिक गठबन्धन हौ देशको लागि पाँचदल मिलेका हौ मिलेरै देश निर्माण गर्दछौ ”उहाले भन्नूभयो ।
नमिलेको स्थानमा मिलाएर लैजानु पर्दछ नेपालले भन्नुभयो “हामी अहिलेपनि भन्छौ नमिलेको स्थानमा आजै समाधान गरौ । मिलेर जादा सबै आफैले भने जस्तो हुदैन तर गठबन्धनको भावना अनुसार जानुपर्दछ ।”
पालिका निर्माण गर्दा कुरा होइन दीर्घकालिन योजना बनाएर अगाडि बढन नेताहरुलाई आग्रह गर्नु भयो । गर्न नसकिने योजना सुनाएर हिड्ने काम गर्न नहुने उहाको भनाइ थियो । केही नेताले रेलको टिकट काट्न भनेर गफ दिने, हुँदै नभएको कामलाई व्यख्या गर्ने काम गठबन्धनका नेताले गर्न नहुने बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट