चितवन, २२ वैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरका बागी उमेदवार जगन्नाथ पौडेलसहित साथीहरु उत्तेजनामा हिड्नु भएको आरोप लगाउनु भएको छ ।
भरतपुरमा विहीवार आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै नेता पौडेलले असन्तुष्टलाई आफ्नो निर्णयमा पुनर्बिचार गर्न अनुरोध गर्नु भयो । काङ्रेसको प्रतिश्पर्धा माओवादी सङ होइन हाम्रो प्रतिश्पर्धा एमालेसङ हो । केपी ओली प्रवृत्ति सङको हो । यो मुलुकमा कुनै एउटा पार्टीले बहुमत आउदैन । यो संविधानमा उल्लेखनै छ । त्यही आवश्यकतालाइ हामीले बुझेर गठबन्धन गरेका हौ । यो कुरा पार्टीका सबैले बुझ्नु पर्दछ ।
ओली प्रवृत्ति विरुद्ध हाम्रो गठबन्धन हो किन बुझ्नु भएन साथीहरु उहाले भन्नू भयो । हामीले एक ठाउँ छाड्दा माओवादीले तीन ठाउमा छाड्नु भएको छ । उत्तेजनमा हिड्ने होइन तपाइहरुले बुझ्नु भएन । लाटोले पनि बुझ्ने कुरा तपाईं काङ्ग्रेसका साथीहरुले किन नबुझेको उहाले प्रश्न गर्नु भयो । कृष्णलाल, जगन्नाथ , भिमबहादुरले किन बुझ्नु भएन आवेगमा हिड्न हुदैन नेता पौडेलले बिद्रोही काङ्ग्रेसका नेताहरुलाइ भन्नू भयो ।
रेनु दाहालले गर्नु भएको कामबाट म प्रभावित भएको छु नेता पौडेलले भन्नू भयो यस्तो काम गर्ने नेतालाइ हराउन सकिँदैन । राम्रो काम गर्नेलाइ हामिले सपोर्ट गर्न पर्दछ । कामको मुल्यांकन गर्नुहोस उहालाइ जिताउनुहोस ।
गठबन्धन आउदो प्रतिनिधि सभाको निर्वाचन सम्म जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । हामीले हाम्रो अस्तित्व जोगाउन र सिट वृद्धि गर्नको लागि पनि गठबन्धन गर्न जरुरी भएको पौडेलले बताउनु भयो ।


