चितवन , २२ वैशाख ।
भरतपुर महानगरपालिका मा हुने स्थानीय तहकाे निर्वाचनमा मतकाे सुरक्षाको लागि सात सय २५ जना भुपू सैनिक तथा भुपू प्रहरी खटिने भएका छन् ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनले भरतपुरमा निर्वाचन र मतकाे सुरक्षाका लागि सुसंगठित दस्ता खटाउने निर्णय गरेकाे संगठनका महासचिव ध्रुवराज लम्सालले जानकारी दिनुभयो ।
जनमत आफ्नो पक्षमा नआउदा मतपत्र च्यात्ने र मतपेटिका साट्ने दुस्प्रयास दाेहाेरीन नदिन संगठन सचेत रहेकाे महासचिव लम्सालले बताउनुभयो ।
“हामी हरेक वुथ र वार्डमा २५ जनाका दरले सुसंगठित दस्ता परिचालन गर्नेछौं । मतपत्र च्यात्ने र मतपेटिका साट्ने सपना कसैले नदेखे हुन्छ ।”- लम्सालले भन्नुभयो ।
निश्पक्ष र धाधलीरहित निर्वाचन सम्पन्न गर्न आफुहरुकाे भुमिका रहने लम्सालले बताउनुभयो ।
चितवन जिल्ला सहित देशभर संगठनकाे ईकाई रहेको र हरेक जिल्लामा भुतपुर्व सैनिक प्रहरी व्यापक परिचालनकाे तयारी रहेको उहाँले जानकारी दिनुभयो ।