ढलको निकाससहितको विकास मेरो नेतृत्वले गर्नेछ

 

चितवन २२ वैशाख । नेकापा एमालेका तर्फबाट भरतपुर महानगर  वडा नम्बर १० का अध्यक्ष पदका उमेदवार भक्ति गौतमले ढल निकाससहितको विकास गर्ने बताउनु भएको छ ।

विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउदा दिनमा आफ्नो नेतृत्वले ढल निकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उहाले पहिलो कामनै डुवान समस्या मुक्त गर्ने बताउनु भयो ।

स्थानियको सुझावलाइ ध्यान दिएर मात्र कार्य सम्पादन गर्ने बताउनु भयो । वडा नम्बर १० का इन्चार्ज विष्णु अधिकारी , महानगर कमिटी सदस्य मिनराज गौतम, नेकपा एमालेका वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ , सचिव बद्रीप्रसाद खनाल, उपसचिव बिज्ञान पौडेल, चिन्तामणी कडेललगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट