चितवन २२ वैशाख । सामान्य परेको पानीको निकास हुन नसक्दा सत्ता गठबन्धनले भरतपुरमा गर्न लागेको चुनावी सभा प्रभावित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई पुर्व प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थल जलमग्न भएको छ । राती आएको पानीको उचित निकास हुन नस्क्दा साझा बसपार्क स्थल पोखरिमा परिणत भएको छ । भरतपुरलाइ विकासको मोडलओ रुपमा चर्चा गरेपनि एकझर पानी निकास गर्न नेतृत्व असक्षम देखिएको छ ।
केन्द्रीय बसपार्क मात्र होइन भरतपुरका अनेकौ स्थान डुवानमा पर्ने गरेको छ ।
केहिदिन अगाडि मात्र भरतपुरको चौबिसकोठिमा पनि डुवान परेको थियो । आज प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काङ्ग्रेसक नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्दैछन ।