चितवन २२ वैशाख । नेकपा एमालेको तर्फबाट भरतपुर ११ का वडा अध्यक्षका उमेदवार कमलबहादुर मल्लले वडा कार्यालयले दिने सुविधा सकेसम्म घरघरबाटै दिने आफ्नो योजना रहेको बताउनु भएको छ ।
चुनावी प्रचारका क्रममा उहाले वडाबाट दिने जन्मदर्ता, मृत्यु दर्ता जस्ता सामान्य सेवा घरमानै दिने आफ्नो योजना रहेको बताउनुभयो । आफ्नो वडावासीलाई वृद्धभत्ता लिन अब बैंकसम्म जानु पर्ने अवस्थाको अन्त्य गर्दै घरमानै पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछु उहाले भन्नुभयो । यो काम गर्नको लागि कुनै समस्या छैन आफ्नो गाउटोलमा भएका घटना हामीलाई जानकारी हुन्छ कर्मचारीलाई जिम्मेवारी दिएर घरमा सेवा दिन सक्छौ मल्लले भन्नुभयो ।
भरतपुर महानगरपालिककै सवैभन्दा धेरै मतदाता रहेको वडा नं. ११ मा अव्यवस्थित वसोवास रहेको छ । यसलाई व्यवस्थित पारेर जनतालाई सच्चा जनप्रतिनिधिको आवास दिने मल्लले जानकारी दिनुभयो । पानीको निकास, ढुवान समस्या समाधान गर्न प्राविधिकहरुको सहयोगमा सडक निर्माण पूर्वनै योजना तयार पार्ने उहाँको योजना रहेको छ । उमेदवार मल्ल नेकपा एमालेका पुराना सामाजिक व्यक्ति हुनुहुन्छ ।