९ फागुन, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले फेसबुक ट्वीटर युट्युव जस्ता सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको बताएका छन् ।
मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बढदो सुचना प्रविधिलाई नै रोक्ने हिसाबले कानुन आउन लाग्यो नभएकाे मन्त्री बास्काेटाले बताएका छन् । उनले कुनै पनि व्यवसाय गर्न दर्ता हुनुपर्ने बताउदै फेसबुक लगायतका सामाजिक सञ्जाल अरु देशमा दर्ता गरेरै चलाइएको उल्लेख गरे । उनले भने– ‘फेसबुक, ट्वीटर जम्मै चलाउन पाइन्छ तर त्यसको पनि व्यक्तिगत, सामाजिक र कानुनी मर्यादा हुन्छ । भारत, जर्मनी, अमेरिकाको पनि कानुन हेर्नुस् । यसको प्रयोगमा प्रोत्साहन पनि गर्ने हो तर जथाभावी गर्नेहरुलाई नियन्त्रण पनि ।’
उनले कसैले सामाजिक सञ्जालबाट देशद्रोह गर्ने आह्वान गर्यो भने त्यसलाई कारवाही गर्न कसलाई गुहार्ने ? उनले विश्वको खुला समाजले सामाजिक सञ्जाल प्रयोग गर्न दिएजस्तै नेपालले दिएपनि जहाँ जसले जे गरेपनि हुन्छ भन्ने ढंगले छुट नदिने बताए । उनले भने– ‘दर्ता सम्बन्धी कुरा कुन देशमा छैन । जर्मनी, भारत लगायतका देशमा दर्ता हुदैन ? बेलायतमा दर्ता छैन ? सबै ठाँउमा दर्ता छन् । फेरि तपाईहरुले नै हरेक बर्ष १२ अर्ब ७५ करोड बाहिर गयो भनेर लेख्नुहुन्छ । त्यो करको प्रक्रियामा आएको छ ?’
कानुन नियम हरेक देशमा हुने भन्दै सरकारले पनि त्यसलाई प्रयोग गर्न खोजेको उनले बताए । सामाजिक सञ्जाल र मुलधारको पत्रकारिता एउटै नभएको बताउँदै उनले सामाजिक सञ्जाल व्यवस्थित गराउन खोज्दा प्रेस स्वतन्त्रतासँग जोडेर व्याख्या विश्लेषण गर्नु आफैलाई धोका दिनु सरह हुने उनको भनाई छ