प्रधानमन्त्री देउवा चुनावी सभालाइ सम्बोधन गर्न चितवन

 

चितवन २१ वैशाख । प्रधानमन्त्री तथ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनु भएको छ ।
चितवनको भरतपुर विहिवार सत्ता गठबन्धनको सयुक्त सभालाइ सम्बोधन गर्न आज आउनु भएको हो । नेपाली सेनाको प्लेनमा प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलपनी आउनु भएको हो । साझ आउनु भएका देउवा प्लेनबाट झरेपछि निजि नम्बर प्लेटको गाडीमा चढेर सिराइचुली होटलमा जानू भएको थियो । आज उहाँ त्यही होटलमा बस्नु हुनेछ ।
गठबन्धनलाई असर पार्ने गरि नेपाली काङ्ग्रेसका जगन्नाथ पैडेलले भरतपुरको मेयरमा उम्मेद्बारी दिएपछि उहालाइ मनाउन र गठबन्धनको पक्षमा मतदान गर्नको लागि आव्हान गर्न प्रधानमन्त्री देउवा चितवन आउनु भएको हो ।

शेयर गरौ

ताजा अपडेट