चितवन, २१ बैशाख ।
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर १२ ले चुनावी घरदैलोलाई तिव्रता दिएकाे छ ।
सूर्य ध्वजाबाहक वडा अध्यक्षका उमेदवार लेखराज पन्त हरी र सदस्यका उमेदवारहरु सहित आज विहान नवरत्न टाेल ,मुनालचाेक र सूर्य चाेक क्षेत्रमा घरदैलो गरिएको छ ।
आजै दिपेन्द्र टाेलमा पनि घरदैलो रहेकाे एमाले वडा कमिटी सचिव शाेभा पण्डितले जानकारी दिनुभयाे ।
आज विहान भएको कार्यक्रममा नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेल पनि सहभागी हुनुहुन्थ्यो । कार्यकर्तामाझ बाेल्दै नेता पाेखरेलले भरतपुरमा एमाले उमेदवारहरुकाे जीत सुनिश्चित रहेकाले उच्च मनाेेवलका साथ प्रचारमा उत्रन आग्रह गर्नुभयो ।
“हाम्रा उमेदवारहरुकाे ब्यक्तित्व, कार्यशैली, बिकास र समृद्धिकाे खाका स्पष्ट भएर जनआकर्षण व्यापक छ । जनताको बिश्वास र भराेसा पनि एमाले संग नै रहेको छ ।”- पाेखरेलले भन्नुभयो ।
गठवन्धन संग कुनै पनि हिसाबमा एमाले उमेदवार कमजोर नरहेको पाेखरेलले बताउनुभयो ।” जनमत, जनआकर्षण, एजेन्डा र उमेदवारकाे ब्यक्तित्व सबै हिसाबले हामी अगाडि छाैं “- उहाँले भन्नुभयो ।
भरतपुर-१२ मा एमाले र राप्रपा बिच चुनावी सहकार्य छ । एमाले बाट वडा अध्यक्षमा लेखराज पन्त हरी, सदस्यहरुमा जमुना ढुङ्गाना, मिरा नेपाली र वीर बहादुर स्याङ्तान एवम् राप्रपाबाट सदस्यमा सञ्जयकुमार थापा उमेदवार हुनुहुन्छ ।
घरदैलो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, पार्टी जिल्ला कमिटी सदस्य वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल , वडा नम्वर १२ का कार्यवाहक अध्यक्ष बिमला भट्टराई , पार्टी वडा कमिटीका अध्यक्ष तीलप्रसाद न्याैपाने सहित ठुलो संख्यामा स्थानीय समुदायको सहभागीता रहेको थियाे ।