गठवन्धनका उमेदवार खनालको घरदैलो, वडाको समस्यालाई समाधान गर्ने प्रतिवद्धता

चितवन, २० वैशाख । सत्ता गठवन्धनको तर्फबाट भरतपुर १० का वडा अध्यक्षका उमेदवार परमेश्वर खनालसहित सदस्यको टोलीले मंगलबार घरदैलो गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १० को रमाइलोचोक, नहरचोक, मेडिकल कलेज रोड लगायतको स्थानमा घरदैलो गरेका हुन् । चुनावी प्रचारका क्रममा वडा अध्यक्षका उमेदवार खनालले भरतपुर १० लाई सफा सुन्दर बनाउने आफू प्रतवद्ध भएको बताउनुभयो । भरतपुरको मुटु १० नम्वर वडाको मुल समस्यालाई पहिचान गरेर समाधानमा आफ्नो कार्यकाल रहने छ उहाले भन्नुभयो वडावासीको गुनासो हुने कुनैपनि काम नगर्ने बताउनुभयो ।


अग्रजलाई सम्मान गर्दै वडा वासीको प्रतिनिधत्व आफूले गर्ने खनालले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधिहरु, नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु, वडा सदस्यका उमेदवारहरु प्रचारमा हिडेका थिए ।

शेयर गरौ

ताजा अपडेट