भरतपुर-२६ मा एमाले-राप्रपाबीच स्वच्छ प्रतिष्पर्धा, एमालेले थाल्यो घरदैलो

दिव्यनगर । भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल हुदा वडा नम्बर १५ र २६ मा वार्ड अध्यक्ष राप्रपालाई दिने सहमति भएको थियो । तर भरतपुर १५ मा तालमेल भै एमालेले आफ्नो उम्मेदवारी फिर्ता भएपनि २६ नम्बर वार्डमा एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेको थिएन ।
राप्रपासङ्ग गरेको सहमति अनुसार २६ नम्बर वार्डमा उम्मेदवारी फिर्ता गर्न जिल्ला नेतृत्वले वार्डमा पहल पनि गर्दा छलफल सकारात्मक नभएपछि अन्त्तत: एमाले र राप्रपाले यहा स्वच्छ प्रतिष्पर्धा गरेर निर्वाचनमा जान दुबै पक्ष सकारात्मक भएको एमाले चितवनका प्रचार विभाग प्रमुख रविकिरण पौडेलले बताउनुभयो ।
‘महानगरमा भएको तालमेल अनुसार मेयर-उपमेयरमा मत हाल्न यहा कुनै विवाद छैन । तर वार्डस्तरमा एमाले र राप्रपाले आ-आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो गरिसकेका छन् ।’ प्रचार विभाग प्रमुख पौडेलले भन्नुभयो ।
स्वच्छ प्रतिस्पर्धा हुने भएपछि एमाले र राप्रपाले छुट्टाछुट्टै घरदैलो र चुनावी सभालाई तीब्रता दिएका छन् ।
एमालेले आज मङ्गलबार दिव्यनगरमा गरेको घरदैलो र चुनावी सभामा पनि उत्साहजनक सहभागिता थियो ।
यस वार्डमा एमाले, काङ्ग्रेस, राप्रपा र माओवादीले छुट्टाछुट्टै रुपमा वार्ड अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
एमालेबाट वार्ड अध्यक्षमा भुपाल कडेल, खुल्ला सदस्यमा इन्द्रबहादुर कुमाल र रामप्रसाद चौधरी, महिला सदस्यमा लक्ष्मी खनाल र दलित महिला सदस्यमा आरती विक प्रतिष्पर्धामा उत्रिएका छन् ।
गठबन्धनका उम्मेदवारले समेत आ-आफ्नो ढङ्गले प्रतिष्पर्धा गर्ने भएपछि एमालेले निर्वाचन जित्ने वार्ड अध्यक्षका उम्मेदवार भुपाल कडेलको दावी छ ।

शेयर गरौ

ताजा अपडेट