चितवन, १९ बैशाख ।
नेकपा एमाले भरतपुर महानगर पालिका वडा नम्बर-१२ ले चुनावी प्रचार प्रसार स्वरुप घरदैलोलाई तीब्रता दिएको छ । सूर्य ध्वजाबाहक वडा अध्यक्षका उमेदवार लेखराज पन्त सहित सदस्यका उमेदवारहरु व्यापक जनसहभागिताका साथ घरदैलोमा जुटेका छन् । साे क्रममा आज सहयोगी टाेल र सुनगाभा टाेलमा मतदाताका घरघरमा पुगि उमेदवारहरुले मत मागेका छन् । आफू वडावासीको सेवक बन्ने उदेश्य बाेकेर चुनावी मैदानमा उत्रिएको अध्यक्ष उमेदवार पन्तले बताउनुभयो । सामाजिक कार्यका सबै अनुभव र वडाकाे सम्मुनत बिकासकाे एजेन्डा नै आफुहरुकाे जीत हासिल गर्ने मुख्य आधार रहेकाे अध्यक्ष उमेदवार पन्तले बताउनुभयो ।
घरदैलोका क्रममा जनताले एमाले उमेदवारहरुप्रति उल्लेख्य सद्भाव ब्यक्त गरेकाे पाईएकाे एमाले वडा नम्वर-१२ का ईन्चार्ज तथा वडा निर्वाचन परिचालन समितिका संयाेजक शेषमणि नेपालले बताउनुभयो ।
जनताकाे सद्भावनाले उमेदवारहरु उत्साहित बनेका छन् ।
घरदैलो कार्यक्रम मार्फत उमेदवारहरु सबै वडावासी मतदाता माझ पुग्ने एमाले वडा कमिटी अध्यक्ष तिलप्रसाद न्याैपानेले बताउनुभयो ।
भरतपुर-१२ मा एमाले र राप्रपा बिच सहकार्य समेत छ । साेहि वमाेजिम वडा अध्यक्ष र तिनजना सदस्य एमालेबाट र एक जना सदस्य राप्रपा बाट उमेदवार छन् ।
चुनावी सहकार्य भएका कारण सामुहिक ढंगबाट नै घरदैलो कार्यक्रम चलिरहेको एमाले वडा कमिटी सचिव शाेभा पण्डितले जानकारी दिनुभयो ।