उमेदवार गौतमले भने ‘जनताको सेवकको रुपमा काम गर्छु ’

 

चितवन, १९ वैशाख । भरतपुर महानगरपालिका वडा नं. १० का मतदाताले सुमधुर व्यवहार गर्न उमेदवारलाई अनुरोध गरेका छन् ।
नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार भक्ती गौतम चुनावी प्रचारका क्रममा घरदैलोमा जादा मतदाताले वडावासीको समस्या वुझ्ने अध्यक्षलाई निर्वाचित गराउने बताएका हुन् । सुमधुर व्यवहार नभएको कारण धेरै समस्या भोग्नु परेको वडावासीको भनाइ थियो ।

अध्यक्षका उमेदवार गौतमलाई विगतका जनप्रतिनिधि भन्दा राम्रो व्यवहार भएकाले सहयोग गर्न तयार भएको बताएका थिए । हामी तपाइलाई सहयोग गर्न तयार छौ तर कार्यालयमा मित्रवत व्यवहार चाहिन्छ वाडीवासीको भनाइ थियो । उमेदवार गौतमले वडावासीको चाहना अनुसारनै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मित्रवत व्यवहार, वडाको समस्या समाधानै आफूनो मुल एजेण्डा रहेको गौतमले बताउनुभयो ।


महानगरपालिकाको अन्य भन्दा १० नम्वर वडा अलगै पहिचान बोकेकोले यहाँको काम, जन्रतिनिधिको व्यवहार सवैको चासोको विषय बन्ने गरेको उहाले बताउनुभयो । जनताको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता उहाले व्यक्त गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट