चितवन, १८ बैशाख । चितवनको कालिका नगरपालिकामा एमालेबाट मेयर उमेदवार बनेका बिनाेद रेग्मी प्रति लाेभलाग्दाे जनआकर्षण देखिएको छ । रेग्मी दिनहुँ भेला तथा घरदैलो कार्यक्रममा ब्यस्त छन् । सबैसंग सरल घुलमिल हुने स्वभावका रेग्मी निवर्तमान सफल वडाअध्यक्ष पनि हुन् । उनकाे उर्जाशिल कार्यशैली , सरल ब्यवहार र नगर बिकासकाे स्पष्ट कार्ययोजनाकाे कालिकाका चाेक चाैतारामा स्थानीयले प्रशंसा गर्ने गरेकाे पाईएकाे छ । यसैबीच कालिका-९, शक्तिखोरमा आज वडा स्तरिय महिला भेला सम्पन्न भएको थियो । भेलामा नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा, निर्वाचन परिचालन कमिटी कालिका-९ का इन्चार्ज रेवतीप्रसाद ढकाल, अखिल नेपाल महिला संघकि बिन्दा गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
शोभा खत्रीले संचालन गरेको कार्यक्रम अखिल नेपाल महिला संघ वडा अध्यक्ष सानुमाया मगरको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा कालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार निलकण्ठ मगर, सदस्यहरु राकेश श्रेष्ठ, छोन बहादुर प्रजा, भुव कुमारी रानामगर, मनकुमारी बिकको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा एमाले कालिका-८ को आयोजनामा आज कालिका मन्दिर अगाडि बृहत वडा भेला गरिएको थियो । भेलामा नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा, एमाले नेताहरु टिकाराज रिजाल, केशव लामा, एमालेका युवा नेता कृष्णबहादुर अधिकारी, कालिका-८ का वडा अध्यक्षका उम्मेदवार युवराज गुरुङ लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा सदस्यका उम्मेदवारहरु दिपक कुमार श्रेष्ठ, रामप्रसाद अधिकारी, फुलमाया गुरुङ, सुनिता परियारको पनि उपस्थिति रहेको थियो ।
निर्वाचन परिचालन कमिटी कालिका-९ का इन्चार्ज लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २३ जना एमालेमा प्रवेश गरेका थिए ।