रत्ननगर, १८ बैशाख । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् । रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको बताए ।
एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए । ‘विकास गर्ने एक मात्र पार्टी एमाले हो’, उनले भने, ‘यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ ।’
एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए । प्रबासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरुको संरक्षण गर्ने एकमात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए ।
कार्यक्रममा एमालेबाट वडाध्यक्षका उम्मेदवार लोकराज भूषाल, सदस्यका उम्मेदवार विष्णु थापा, अनिता भूषाल, महिला सदस्य बुधनी चौधरी, दलीत महिला सदस्य गीता परियारसहित पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यालय उद्घाटन गरेसंगै उम्मेदवारसहित घरदैलो पनि सुरु गरिएको छ ।
रत्ननगर–३ मा घरदैलोको उद्घाटन
रत्ननगरको बेल्सीबाट वडा नं ३ को घरदैलो उद्घाटन गरिएको छ । उद्घाट कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाको मेयर पदकी उमेदवार विमलादेवी दुवाडीले आफू रत्ननगरको उपमेयर रहदा पुरा नभएका अधुरा कामहरु मेयर पदमा जितेपछि पुरा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘ठूला बाटोहरु बनिसकेकाछन्, अब शाखा र गल्ली बाटोहरु बनाउन बाँकी छन् । ती बाटोहरु पनि चाँडै नै कालोपत्रे बन्नेछन् ।’ केही स्थानमा ढलहरु पनि बनाउन बाँकी रहेकाले ढल निर्माण कार्य सम्पन्न गरिसकेर मात्रै बाटो बनाउने योजना रहेको उनले बताईन् ।
उपमेयर पदका उमेदवार यादव प्रसाद पाठकले नेकपा एमालले जे बोल्छ त्यो पुरा गरिछाड्ने बताए । विपन्न परिवारलाई रत्ननगर नगरपालिकाको तर्फबाट विना ब्याज ऋण उपलब्ध गराई व्यापार व्यवसाय गर्न दिईने उनको भनाई छ । जग्गा नभएकालाई निःशुल्क जग्गा उपलब्ध गराई खेतीपाति गर्न दिईने उनले बताए ।
नदी नियन्त्रण गरी गाउँ र बजारमा बाढी पस्न नदिन तटवन्धनको व्यवस्था गर्नुका साथै शैक्षिक ऋणको व्यवस्था समेत गर्ने बताए । घरदैलो उद्घाटन कार्यक्रममा नेकपा एमालेकी प्रदेश समिति सदस्य मिना गिरी, जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी, वडा नं ३ का अध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, सदस्यहरु किशोर बाबु पुरी, राममणी थपलिया, प्रेम कुमारी चौधरी, विमला परियारलगायत कार्यकर्ताहरुको उपस्थिती थियो ।
रत्ननगरको १६ वटै वडामा घरदैलो
स्थानीय तहको निर्वाचन हुन अब १२ दिन मात्रै बाँकी छ । एमाले रत्ननगरका १६ वटै वडामा घरदैलोमा पुगेको छ । बुधबार रत्ननगरको वडा नम्वर ३ बाट घरदैलो सुरु गरेको एमाले रत्ननगरले आज १६ वटै वडामा घरदैलो गरिरहेको छ । घरदैलो कार्यक्रममा मेयर उपमेयरका उम्मेदवारसहित हरेक वडाका वडाध्यक्ष र सदस्यका उमेदवारहरु जनताको घर–घरमा पुगेको एमाले रत्ननगर नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।
घरदैलो कार्यक्रममा वडा नम्बर १ को अध्यक्षका उम्मेदवार सालिग्राम पराजुली, २ का उम्मेदवार कृष्ण प्रसाद डोटेल, ३ का उम्मेदवार गुप्तनाथ भट्टराई, ४ का उम्मेदवार रविन्द्र चौधरी, ५ का उम्मेदवार कृष्ण चौधरीको नेतृत्वमा घरदैलो भइरहेको प्रचार प्रसार समितिका सह–संयोजक प्रताप डल्लाकोटीले बताए । त्यस्तै, वडा नम्वर ६ का उम्मेदवार लोकराज
