चितवन , १६ बैशाख ।
नेकपा एमालेले भरतपुर महानगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ ।
बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयाेजक तेजेन्द्र खड्काले जानकारी दिनुभयाे ।
“पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागिता मा चुनावी सभा गर्ने तयारी छ ।” खड्काले भन्नुभयो ।
त्यसअघि भरतपुर महानगरका विभिन्न चारवटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ ।
समितिका सचिव हरिप्रसाद पाेखरेलका अनुसार बैशाख १८ गते दिउसो १ बजे वडा नं.१४ शिवनगर, २० गते दिउसो १ बजे बिजयनगर, २२ गते दिउसो १ बजे चनाैली,२४ गते दिउसो १ बजे पर्साढापमा क्षेत्रीय चुनावी सभा हुनेछ ।
भरतपुर महानगरमा मेयर पदमा एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ । एमाले -राप्रपा तालमेल पछि उपमेयरमा राप्रपा बाट हिमला गुरुङ हुनुहुन्छ । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहनुभएकाे छ ।
