रत्ननगर,१६ बैशाख ।
चितवनको रत्ननगरमा एमालेका उमेदवारहरु मत माग्दै जनताको घरदैलोमा छन् । उम्मेदवारहरुले जेष्ठ नागरिकको आशिर्वाद लिंदै मत मागिरहेका छन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने पार्टीको रुपमा स्थापित एमालेका उम्मेदवारलाई नगरका जेष्ठ नागरिकहरुले विजयताको लागि आर्शिवाद दिएको प्रचार विभाग उपप्रमुख प्रताप डल्लाकोटीले जानकारी दिए ।
भत्ता दिने पार्टी नै एमाले हाे हाम्राे आशा भराेसा तपाईंहरुसंगै छ, जेष्ठ नागरिकहरुले भने । मेयर पदकी उम्मेदवार विमला दुवाडी उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक सहित वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामा तथा वडासदस्यका उम्मेदवारहरुले वडा नम्बर ९ मा घरदैलो गरेका हुन् । कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा मेयर पदका उम्मेदवार दुवाडी र उपमेयर पदका उम्मेदवार पाठकले रत्ननगरलाई विकासको उचाईमा पुर्याउन,रोजगारी सृजना गर्न,ग्रामिण क्षेत्रमा पर्यटन विकास गर्न सुकुमबासीलाई लालपुर्जाको सुनिश्चित गर्न एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह गरे । पछिल्लो ५ वर्षको अवधिमा रत्ननगरमा ठुला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै मेयर पदकी उम्मेदवार दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरि रत्ननगरको शहरीकरणलाई अन्र्तराष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता जनाईन् ।
उपमेयरका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै सवृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले त्यसको सुरुवात गरेको र सम्पन्नताको लागि आफुले उम्मेदवारी दिएको वताए । निर्वाचन नजिकिदै गर्दा चुनावी योजना निर्माण र घरदैलोलाई संगसंगै अगाडि वढाएको एमालेले गठवन्धनका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गर्न सम्पुर्ण शक्ति परिचालन गरिएको वुझिएको छ । यसपाली ब्यक्तिले होइन पार्टीले जित्नुपर्छ भन्ने मान्यताका साथ रत्ननगरमा अगाडि बढेको एमाले टिकट वितरणमा देखिएको असन्तुष्टिको अन्त्य गर्दै नेता तथा कार्यकर्ताहरुलाई चुनावी मैदानमा होमिएको हो । उम्मेदवारी दिएर चुनाव केन्द्रित बनेको एमाले रत्ननगरले ४ वटा वडामा घरदैलो गरिसकेको छ ।