वडाबासीले दिए गौतमलाइ दहि खुवाएर जीतको शुभकामना

चितवन १५ वैशाख । भरतपुर १० का एमालेका वडा अध्यक्ष उमेदवार भक्ती गौतमलाइ स्थानियले दहि खुवाएर जीतको शुभकामना दिएका छन ।
घरदैलोको क्रममा गौतमलाइ वडाबासीले दहि खुवाउने माला खादा लगाउने गरेर शुभकामना दिएका हुन । निर्वाचनको प्रचारमा पुगेका उहालाइ स्वस्फुर्त वडाबासीले विजयीलागि कामना गरेका थिए ।
आज उहा सहितको टोलीले मेडिकल कलेज रोड, कामना चोक, सैनिक चोकलगायतमा घर दैलो गरेका थिए । घर दैलोमा एमाले नेता प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, महानगर कमिटी सदस्य, युवा तथा जिल्ला कमिटी सदस्य लगायतको सहभागीता थियो ।

शेयर गरौ

ताजा अपडेट