चितवन, बैशाख १५ । चितवनमा एमाले उमेदवारहरु शिष्टाचार सहित मतदाताकाे घरदैलोमा पुगेका छन् । भरतपुर महानगर पालिकाका एमालेका मेयर उमेदवार बिजय सुवेदीले आफ्ना गुरु तथा अविभावकलाई ढाेग गरेको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाईरल छ । तस्वीर लाई लियर बिपक्षिहरु कतिपयले आलोचनात्मक टिप्पणी समेत गरेका छन् । समाजका जेष्ठ नागरिक , आफ्ना गुरु अविभावकलाई ढाेग तथा नमन गर्नु सामाजिक संस्कारकाे बिषय भएको भन्दै सुवेदीकाे प्रशंसा गर्नेकाे संख्या ठुलाे छ । “गुरुलाई नमन गर्नु शिष्टाचारकाे बिषय हाे, बिजयजीको कार्य प्रशंसा गर्न लायक छ”पश्चिम चितवनका एकजना शिक्षकले प्रतिक्रिया दिए । जिल्लाका सबै पालिकामा उमेदवारले घरदैलो थालेका छन् ।
यसैबीच एमाले रत्ननगरले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । एमालेको तर्फबाट रत्ननगरको मेयरको उमेदवार विमला दुवाडी र उप मेयरका उमेदवार यादव पाठक सहितको टोलीले घरदैलो कार्यक्रम गरिरहेका छन् । हरेक घरमा मतदाताला शिष्टतापुर्वक र रत्ननगर वडा नं. ३ बाट घरदैलो सुरु गरेको टोलीले आज रत्ननगर वडा नं. ५ को घर घरमा पुगेर मतदातासंग मत मागेका हुन् ।
एमालेले मेयरमा महिला उम्मेदवार उठाएपछि महिला मतदाताहरु उत्साहीत देखीएका नगर अध्यक्ष इश्वरी अर्यालले बताए । घरदैलो टोलीमा मेयर उपमेयर का उम्मेदवार सहित वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार कृष्ण महतो , वडा सदस्यहरु कुमार धमला, सागर मिश्र , अनिता महतो,मिठ्ठु परियार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।
घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार गणेश चोक, लालपर्सा, मोहना हुदै लालपर्सा सम्म घरदैलो गर्दै सिसै गाउँ, लालपर्सा चोक, मोहना चोक र बाघमारा चोकमा कोणसभा हुने नगर समितिका उप सचिव सागर मिश्रले बताए ।