चितवन, १५ बैशाख ।
भरतपुर महानगरपालिका वडा नम्वर-१२ मा नेकपा एमालेका उमेदवारहरुलाई बिजयी गराउन स्थानीयले टाेल-टाेलमा भेला गरेका छन् ।
बैशाख-३० गते हुने स्थानीय तहकाे निर्वाचनमा सूर्य ध्वजाबाहक उमेदवारलाई बिजय गराउने उदेश्यले वडाका सबै टाेलमा भेला आयाेजना गरि प्रचारप्रसार कमिटी गठनकाे काम चलिरहेको एमाले वडा कमिटी सचिव शाेभा पण्डितले जानकारी दिनुभयो ।
वडा भित्र रहेका विभिन्न १७ वटा टाेलकमिटिका भेलाले प्रचार प्रसार कमिटी गठन गर्ने पण्डितले बताउनुभयो । यसक्रममा सुनगाभा टाेल,नाैरङ्गेटाेल ,आन्नदटाेल,जिल्ला प्रशासन टाेल ,नबरत्नटाेल , आस्था टाेल र राधाकृष्ण टाेलका भेला आज बिहान सकिएका छन् ।
आज दिउसो पाेखरेलि टाेल,प्रेरणा टाेल,सिर्जनशिल टाेल र शुभलक्ष्मी टाेलमा भेला आयाेजना गरिएका छन् ।
अन्यमा पनि क्रमश: भेला सकेर १७ गतेवाट घरदैलो शुरु गरिने एमाले वडा कमिटी अध्यक्ष तीलप्रसाद न्याैपानेले जानकारी दिनुभयाे ।
बिहान भएको टाेल भेलामा पुग्नुभएका भरतपुरका मेयर उमेदवार बिजय सुवेदीले हरेक टाेल समुदायले दिएकाे हाैसलाले आफू उत्साहित बनेकाे बताउनुभयाे । समृद्ध र सुशासनयुक्त माहानगर निर्माणकाे अभियानमा सहयोग पुर्याउनु सूर्य चिन्हमा मतदान गरिदिन उहाँले अपिल समेत गर्नुभयो ।
एमालेले भरतपुर-१२ काे वडा अध्यक्षकाे उमेदवारमा स्थानीय सामाजिक अगुवा लेखराज पन्त हरिलाई अघि सारेकाे छ । भेलामा बाेल्दै अध्यक्ष उमेदवार पन्तले आफू वडावासिकाे सेवा गर्न उमेदवार बनेको बताउनुभयो । “हामी एमालेका वडा उमेदवारहरुकाे सामुहिक प्रतिवद्दता छ कि, हामी कुनै पनि सेवा सुविधा लिने छैनौं । निस्वार्थ जनसेवा नै हाम्रो सामुहिक उदेश्य रहनेछ” – पन्तले भन्नुभयो ।
भेलामा एमाले प्रदेश कमिटि सदस्य कृष्ण नेपाली र वडा ईन्चार्ज एवम् जिल्ला कमिटी सदस्य शेषमणि नेपालले पनि मन्तब्य राख्नुभएको थियाे ।