कालिका नगरपालिकाको एमालेका मेयर तथा उप-मेयरका उम्मेदवार घरदैलोमा

चितवन , १४ बैशाख । कालिका नगरपालिकाको नेकपा एमालेका मेयर तथा उप-मेयरका उम्मेदवारले नगरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेकाछन् । कालिका नगरपालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका थिए । कालिका नगरपालिकाको मेयरका उम्मेदवार विनोद रेग्मी र उप- मेयरको उम्मेदवार बिमला लामाको टोलीले सो क्षेत्रमा स्थानिय बासिन्दासंग भेटघाट गरेका थिए ।
शक्तीखोरको गैरीबारी र सिद्धिको सैपाम क्षेत्रमा भएको कार्यक्रममा स्थानीय उम्मेदवार सहित घरदैलो कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । नगरप्रमुखका उम्मेदवार विनोद रेग्मीले स्थानीय आवश्यकता अनुसार स्थानीयको भावना अनुरुप आफुले काम गर्ने बताउनुभयो । जनताको सेवकको रुपमा आफुले काम गर्ने बताउदै हरेक क्षेत्रको समस्या समाधान गर्नका लागि सहयोग गर्ने बताउनुभयो । घरदैलो कार्यक्रममा स्थानीयहरुको सुझाव समेत संकलन गरिएको नेकपा एमाले कालिका नगर कमिटीका अध्यक्ष केशब लामाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट