प्रचण्डकाे क्षेत्रमा बिक्रम पाण्डेकाे सरप्राईज : माडीमा एमाले-राप्रपा तालमेल

चितवन, १४  बैशाख । चितवनको माडी नगरपालिकामा एमालेका उपमेयर पदका उमेदवारले नाम फिर्ता लिएका छन् ।

माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । माडीमा एमाले र राप्रपा बीच चुनावी तालमेल गर्ने सहमती अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको नेकपा चितवन प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिनुभयो ।

दुबै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो । बैशाख १२ गते उम्मेदवारी दर्ताको दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिनु भएको थियो ।

नेकपा एमाले र राप्रपा बिचमा तालमेल भएपनि वाडफाडको विषय न्यायोचित नभएको भन्दै विवाद भएको थियो । विवाद भएको विषयमा पछि छलफल गर्ने अहिलेलाई मेयरमा राप्रपाले र उपमेयरमा एमालेले सघाउने सहमती भएको एमाले प्रचार विभाग प्रमुख पौडेलले बताउनुभयो ।

अहिले हामीले विवादका विषयमा छलफल नै गरेनौ मात्र मेयर र उपमेयरका विषयामा सघाउने सहमती भएको हो उहाले भन्नुभयो भरतपुर महानगरपालिकाको वडाहरुमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमती भएको छ । महानगरको मेयर र उपमेयरमा एक अर्कोलाई सघाउने यस अगाडिनै सहमती भएर मेयर एमाले र उपमेयर राप्रपालाई दिएको छ ।

उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो । उहाले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउनुभयो ।

राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिनुभएको छ । कार्यक्रममा बोल्दै उपमेयर उम्मेदवार पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्ने बताउनुभयो । सो कार्यक्रममा एमाले क्षेत्र नं. ३ का अध्यक्ष श्याम विष्ट, प्रदेश कमिटी सदस्य सरस्वती विष्ट, एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेल, माडी नगर अध्यक्ष नारायण अधिकारी, सचिव श्रीप्रसाद दवाडी, माडी नगरपालिकाको मेयर उम्मेदवार ताराकुमारी काजी महतो, राप्रपाका जिल्ला प्रवक्ता राजु भण्डारीलगायत सहभागी हुनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट