चितवन १४ वैशाख । भरतपुर माहानगरपालिका वडा नं. १० मा कार्यवाहक वडा अध्यक्षमा वलराम जिसीले जिम्मेवारी सम्हाल्नु भएको छ ।
वडा अध्यक्ष अरुणपीडित भण्डारीले राजीनामा दिएर उमेदवार हुनु भएपछि अध्यक्ष खाली रहेको थियो । आउदो निर्वाचनको परिणाम नआउदासम्म भरतपुर महानगरपालिका कार्यालयले वडा सदस्य जिसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
नेकपा एमालेबाट विजयी हुनु भएका जिसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएकोमा एमालेका नेताहरुले वधाइ दिएका थिए । कार्यक्रममा नेकपा एमाले महानगर कमिटी सदस्य मिनराज गौतम, एमाले वडा नं. १० का अध्यक्ष नहेन्द्र खड्का, सचिव वद्री खनाल, भातृ संगठनका नेताहरु, युवा विद्यार्थीको सहभागिता रहेको थियो ।

जिम्मेवारी सम्हालेपछि कार्यवाहक अध्यक्ष जिसीले विगतमा नेतृत्वले गरेको जस्तो कमजोरीहरु आफूबाट नहुने बताउनुभयो । आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


