चितवन १४ वैशाख । मुख्य निर्वाचन कार्यालय भरतपुर चितवनले कुनैपनि उमेदवारको विरोधमा उजुरी दर्ता नभएको जनाएको छ ।
११ र १२ गते मनोनयन दर्ता भएका उमेदवार माथि मंगलबार उजुरीको लागि समय तोकिएको थियो । विहान १० देखि ५ बजेसम्मको समयमा कुनैपनि उमेदवारको विषयमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत प्रकासकुमार अधिकारीले जानकारी दिनुभयो ।
कार्यलयले वुधबार सूचना जारी गरी मनोनय गरेका १४७ जना उमेदवारको विषयमा विरोधमा उजुरी नपरेको जनाएको हो ।
