चितवन १३ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १० बाट एमालेका उमेदवार भक्ती गौतम बिहानदेखि घरदैलो कार्यक्रममा सकृय भएका छन ।
मनोनयन दर्ता गरेलगतै उनी वडाबासीको घरमा पुगेक हुन । वडामा ढल निकासको समस्या समाधान गर्न अझै बाकी रहेको, कालोपत्रे गर्न बाकी रहेको, सफा सुन्दर वडा बनाउन सुझाव दिएको गौतम ले बताउनु भयो ।
वडाबासीको समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको उहाले बताउनु भयो ।
महानगरको मुख्य भागमा रहेको १० नम्बर वडा सरकारी कार्यालय र घना बस्ती रहेको क्षेत्र हो । यहाँ वर्षातमा ढल निकास नहुदा ढुवानको समस्या रहेको छ ।


