गठबन्धनबाट भरतपुरको मेयरमा रेनु दाहाल उपमा चित्रसेन अधिकारीको मनोनयन दर्ता

 

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

उहाले सोमबार सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नु भएको हो । मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता तथा प्रदेश मन्त्री घनश्याम दाहाल, नेपाली काङ्रेस जिल्ला सभापती राजेश्वर खनालको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट