भ्रष्टचार नियन्त्रणको माग गर्दै बिबेकशील साझा पार्टीको नारायणगढमा प्रदर्शन

चितवन, फागुन ८ ।
बिबेकशील साझा पार्टी चितवनले भ्रष्टचार बिरुद्धको अभियान भन्दै आज नारायणगढमा प्रदर्शन गरेको छ ।
नारायणगढको लायन्सचोकमा भएको प्रदर्शनमा पार्टीका जिल्ला संयोजक भुपेन्द्र बस्नेत, नेता रामचन्द्र तिमिल्सीना सहित बिबेकशील सााझा पार्टीका जिल्ला नेता तथा अगुवा कायकर्ता सहभागी थिए ।
प्रदर्शनमा सहभागीहरुले “अख्तियार साना माछा मात्रै होईन ठुला माछा पनि समात” , भ्रष्टचार नियनत्रण गर, वाईडवडी काण्ड, सुन काण्ड लगायतका दोषीलाई कार्वाही गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।
सरकारलाई भ्रष्टचार नियन्त्रणको कार्यमा लाग्न दवाव सिर्जना गर्ने उदेश्यले शान्तिपूर्ण प्रदर्शन गरिएको बिबेकशील साझा पार्टी चितवनका अध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

ताजा अपडेट