चितवन, १२ वैशाख । नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गर्नु भएको छ ।
महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलका साथ पुगेर सुवेदीले उमेदवार मनोनयन दर्ता गर्नु भएको हो । सुवेदीको प्रस्तावकका एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र समर्थकमा संघीय सांसद कृष्णभक्त पोखरेल रहनु भएको छ । एमाले र राप्रपा बिच चुनावी तालमेल भएकाले उपमेयरमा शारदानगरकी हिमला गुरुङले मनोनयन दर्ता गर्नु भएको छ ।
२९ वटा वडा मध्य १५ र २६ नम्बर वडा सहित प्रत्यक वडा सदस्य राप्रपालाई दिने सहमति भएको छ । २७ वटा वडा अध्यक्ष एमालेले राख्ने सहमति भएको छ ।
मनोनयन दर्तापछि मेयरका उमेदवार सेवेदीले आफू विजयी भएमा भरतपुरलाई विश्वकै सुन्दर शहर बनाउने बताउनुभयो । उहाले भरतपुर महानगरलाई विकास निर्माण गर्न गुरुयोजना बनाएर मात्र काम गर्ने बताउनुभयो ।