भरतपुर महानगरमा २९ मेयर, १३ उपमेयरमा मनोनयन दर्ता

चितवन, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा २९ जना र उपमेयरमा १३ जनाको उमेदवारी दर्ता भएको छ ।
आइतबार ११ र सोमबार १८ गरी मेयरमा २९ जनाको उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोतम पौडेलले जानकारी दिनुभयो । त्यस्तै गरी उपमेयरमा १३ जनाको उम्मेद्वारी परेको कार्यालयले जनाएको छ ।
नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गर्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा शारदानगरकी हिमला गुरुङले मनोनयन दर्ता गर्नु भएको छ । महानगरमा एमाले र राप्रपा बिच तालमेल भएको थियो ।
एमालेका सुवेदीेको प्रस्तावकका एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र समर्थकमा संघीय सांसद कृष्णभक्त पोखरेल रहनु भएको छ । २९ वटा वडा मध्य १५ र २६ नम्बर वडासहित प्रत्येक वडा सदस्य राप्रपालाई दिने सहमति भएको छ । २७ वटा वडा अध्यक्ष भने एमालेले राख्ने सहमति भएको छ ।
त्यस्तै गरी भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।
उहाले सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नु भएको हो । मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता तथा प्रदेश मन्त्री घनश्याम दाहाल, नेपाली काँग्रेस जिल्ला सभापती राजेश्वर खनालको उपस्थिति रहेको थियो ।
त्यस्तै गरी विवेकशील साझा पार्टीबाट मेयरमा प्रविन काफ्ले, उपमेयरमा पुष्पा सापकोटा, नेपाल कम्युनिष्ट पार्टी विप्लव बाट मेयरमा दुर्गाप्रसाद शर्मा, जनमत पार्टीबाट मेयरमा संजय कुमार ठाकुर, राप्रपाको स्वतन्त्रबाट मेयरमा योगलाल श्रेष्ठ, उपमेयरमा पवित्रा जोशी काँग्रेसबाट वागी मेयरमा जगन्नाथ पौडेललगायतले मनोनयन गर्नु भएको कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट