चितवन, १२ बैशाख । भरतपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले कांग्रेसको चुनाव चिन्ह र झण्डा सहित स्वतन्त्रबाट उमेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको ठुलो सहभागिताका साथ उमेदवारी दर्ता गराउनु भएको हो । न्यायोचित रुपमा भागवण्डा नभएको भन्दै नेपाली काँग्रेसका पूर्व सांसद, पूर्व जिल्ला सभापति, महासमिति सदस्य लगायतको उपस्थितिमा मनोनयन दर्ता गराउनु भएको थियो ।
पौडललाई पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाको प्रस्ताव र महासमिति सदस्य मिना खरेलको समर्थन रहेको छ । उहाँलाई दर्ता गराउनको लागि पूर्व सांसद भिमवहादुर श्रेष्ठ, पूर्व जिल्ला सभापति टिकाराम न्यौपानेलगायतको साथ रहेको थियो ।
भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका पूर्वसांसद हुनुहुन्छ । उहाले आइतबार पार्टी कार्यालयमा औपचारिकरुपमा उम्मेदवारको घोषणा गर्नू भएको थियो । गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पद माओवादीलाई परेपछि कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेको थियो ।
उमेदवारी दर्ता गरेपछि नेता पौडेलले काँग्रेसलार्य बचाउनको लागि आफूले उमेदवारी दिएको बताउनु भयो । काँग्रेसको अस्तित्वनै नरहने अवस्था आएकाले गरिएको दर्ता कुनैपनि हालतमा फिर्ता नहुने बताउनुभयो ।
काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले उम्मेदवारी दर्ता फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताउनुभयो । असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने छ उहाले भन्नुभयो पार्टीको नीति विपरित हिड्नेलाई के कार्वाही हुन्छ त्यही अनुसार उहा दण्डित हुनु पर्दछ ।