चितवन समाचारडटकम, ११ बैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर-१२ का नेकपा एमालेका वडाअध्यक्षका उमेदवार लेखराज पन्त(हरि) ले आफू बिजयी भएपछि राज्यबाट पाउने कुनै पनि आर्थिक सेवा सुबिधा नलिने घाेषणा गर्नुभएको छ ।
उमेदवारकाे नाम घाेषणा गर्न आज बसेकाे एमाले वडा कमिटी बैठकमा बाेल्दै अध्यक्षका उमेदवार पन्तले यस्तो प्रतिवद्दता राख्नुभएको हाे ।
“म वडाअध्यक्ष भएपछि कुनै पनि सेवा सुविधा लिने छैन, आफ्नाे सबै जीवन यसै वडाकाे बिकास र सेवामा बिताउने छु , प्राप्त हुने सेवा सुविधा वडावासीकै सेवामा अर्पण गर्नेछु ” पन्तले भन्नुभयो ।
राष्ट्रिय राजनीतिमा जनताको आशा र भराेसा बाेकेकाे पार्टी नेकपा एमालेबाट वडा अध्यक्षकाे उमेदवार बन्न पाएकामा गाैरव लागेकाे सुनाउदै पन्तले वडाबासी सबै जनताकाे माया ममताले बिजयी हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
वडामा अगुवा समाजसेवीकाे छवि बनाउनुभएका पन्त यहाँका स्थानीय माझ लाेकप्रिय मानिनुहुन्छ ।
एमालेले भरतपुर महानगरपालिका वडा नम्वर-१२ काे अध्यक्षमा पन्त र सदस्यहरुमा रिषिराम भट्ट, जमुना ढुङ्गाना, बिरवहादुर स्याङ्तान र मिरा नेपालीलाई उमेदवार बनाउने निर्णय गरेको वडा सचिव शाेभा पण्डितले जानकारी दिनुभयो ।
एमाले वडा कमिटी अध्यक्ष तीलप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको बैठकमा पार्टी प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज शेषमणि नेपाल, प्रेस चाैतारी नेपाल केन्द्रीय सदस्य तीर्थ नेपालले मन्तव्य राख्नुभएको थियाे ।


