सचिन भट्टराई , ७ बैशाख /चितवन । स्थानीय तहकाे निर्वाचनको मिति नजिकिदै गर्दा वडाहरुमा चुनावी सरगर्मी बढ्दाे छ । स्थानीय तहका कतिपय ठाउँमा दलहरूले उमेदवार टुंगो लगाएका छन् । केही स्थानमा टिकट पाउन स्थानीय नेताहरु रस्साकस्सीमा देखिन्छन् । यसै अनुरुप चितवनको माडी नगरपालिका वडा नम्बर-६ मा नेकपा एमाले बाट वडा अध्यक्षकाे उमेदवारमा दीपेन्द्र पाैडेलकाे वडामा चर्चा चुलिएको छ ।
एमालेकाे पकड मानिने यस वडामा पाैडेल लाेकप्रिय मानिन्छन् । लामाे समय शिक्षण पेशामा रहेका कारण पनि उनी स्थानीय माझ प्रिय छन् । २२ बर्षिय लामाे शिक्षण पेशामा सन्ताेषजनक काम गरेवापत माडी नगरपालिका बाट पटक पटक सम्मानित समेत भएका छन् ।
पाैडेलले एमालेकाे स्थानीय राजनीतिमा लामाे समय याेगदान पुर्याएका छन् । सामाजिक र राजनीतिक रुपमा निरन्तर सक्रिय रहेकाे र शिक्षण पेशामा रहदा स्थानीय समुदायमा भिजेका कारण वडाअध्यक्षमा आफ्नो सहज जित हुने बिश्वास रहेकाे पाैडेलले बताए ।
हाल यस वडामा तीनहजार सातसय दुईजना मतदाता रहेका छन् । गएको २०७४ काे निर्वाचनमा कुल २७०० मत मध्ये एमालेले ८६०, काँग्रेसले ७४८, राप्रपाले २१५ र माओवादी केन्द्रले १५६ मत पाएकाे थियाे ।
अहिले मतदाताकाे एमाले प्रति थप आकर्षण र भराेसा बढेकाले जीत हासिल गर्न सकिने पाैडेलकाे दावी छ ।


