मर्यादित निर्वाचनका लागि एमालेले चितवनमा एकहजार युवालाई संगठित रुपमा परिचालन गर्ने

चितवन, ७ बैशाख ।
नेकपा एमाले चितवनले स्थानीय तहकाे आसन्न निर्वाचनमा सूर्य ध्वजाबाहक उमेदवारहरुकाे प्रचारप्रसार र मर्यादित निर्वाचनमा सहयोग पुर्‍याउने उदेश्यले युवाहरुकाे व्यापक परिचालन गर्ने भएको छ ।
एमाले चितवनका उपसचिव एवम् युवा परिचालन समितिका संयाेजक प्रकाश ढुङ्गानाले जिल्लाका हरेक वडामा व्यवस्थित ढङ्गले युवाहरुलाई संगठित रुपमा परिचालन गरिने बताउनुभयो । यस कार्यका लागि अहिले हरेक वडामा युवा परिचालन समिति गठन भईरहेकाे उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारीका अनुसार जिल्लाभर एक हजार भन्दा बढि युवाहरुलाई संगठित ढंगले परिचालन गरिने जानकारी दिनुभयाे ।
युवाहरुकाे दस्ताले शान्तिपूर्ण निर्वाचन , पार्टीको प्रचार प्रसार र जनताकाे मतकाे सुरक्षा गर्न अगुवाइ गर्ने अधिकारीले बताउनुभयो ।

यसैक्रममा भरतपुर महानगरपालिका वडा नम्वर -६ मा आज एक कार्यक्रमका बिच प्रकाश भुजेलकाे अध्यक्षतामा एकसय एक सदस्यीय वडा युवा परिचालन कमिटी गठन गरिएको छ । कार्यक्रममा एमाले चितवनका उपसचिव प्रकाश ढुङ्गाना प्रमुख अतिथि,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य
सुशील केसी विशिष्ट अतिथि,पार्टी जिल्ला कमिटी सदस्य एवं वार्ड नम्बर ६ का सुर्यध्वजाबाहक उम्मेदवार डोलनाथ अधिकारी,युवा नेता दिपक पाठक,वडा पार्टी अध्यक्ष उमेश तिवारी लगायत अतिथि रहनुभएकाे थियाे ।

शेयर गरौ

ताजा अपडेट