चितवन , ६ बैशाख ।
स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिदै गर्दा भरतपुर महानगरपालिका वडा नम्वर-१२ का अगुवा महिलाहरु नेकपा एमालेका उमेदवार जिताउन जुटेका छन् ।
अखिल नेपाल महिला संघ वडा कमिटीले मङ्गलवार बैठक बसि रमा ढुङ्गानाकाे संयाेजकत्वमा एकसय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीमा अनेमसंघमा आवद्ध वडाका अगुवा महिलाहरु रहेकाे एमाले वडा कमिटी सचिव शाेभा पण्डितले जानकारी दिनुभयो । कमिटीले वडा भित्रका महिला दिदिबहिनीहरुसंग साक्षत्कार अन्तरक्रिया गरि एमालेका उमेदवार बिजयी बनाउन अभियान चलाउने पण्डितले बताउनुभयो ।
बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भरतपुर महानगर पालिकाका एमालेका मेयर उमेदवार बिजय सुवेदीले महानगरलाई समृद्ध बनाउने अभियानमा आम महिला दिदिबहिनी संग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।
उहाँले समाजमा अझै पनि लैङ्गिक विभेद देखिने गरेको उल्लेख गर्दै यस्काे अन्त्य गर्न स्थानीय सरकारले प्रष्ट याेजना र कार्यक्रम अघि सार्नुपर्ने धारणा राख्दै त्याे प्रष्ट भिजनका साथ आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
महानगर बिकासकाे स्पष्ट गुरुयोजना र खाका सहित सुशासन र सुन्दर महानगर निर्माणमा मन वचन र कर्मबाट आफू संकल्पित रहेकाे सुवेदीले उल्लेख गर्नुभयो ।
अनेमसंघ वडा अध्यक्ष जमुना ढुङ्गानाकाे अध्यक्षतामा भएको बैठकमा एमाले जिल्ला कमिटी सदस्य अन्जुु शर्मा दाहाल, जिल्ला कमिटी सदस्य हरि पन्त, महानगर कमिटी सदस्य बिमला भट्टराई , पार्टी निवर्तमान वडा उपाध्यक्ष ईन्द्राकुमारी रिमाल, पार्टी वडा उपसचिव मनाेज भुजेल सहित स्थानीय अगुवा महिलाहरु सहभागी हुनुहुन्थ्यो ।


