चितवन समाचारडटकम, ३ बैशाख ।
नेकपा एमालेका पाेलिट्व्युराे सदस्य महेश बस्नेतले भरतपुरमा एमालेकाे जीत सुनिश्चित रहेको दावी गर्नुभएको छ ।
युवा संघ नेपाल चितवनको बिस्तारित बैठकलाई संवाेधन गर्दै नेता बस्नेतले स्थानीय तहकाे निर्वाचनकाे केन्द्रका रुपमा भरतपुर रहेको उल्लेख गर्दै जीत सुनिश्चित रहेको दावी गर्नुभयो ।
“यहाँकाे गठवन्धन धरमर छ, एमालेकाे पक्षमा जनलहर व्यापक छ काङ्ग्रेसलाई धम्क्याएर जीत्ने माओवादीकाे दाउ सफल हुनेवाला छैन ” बस्नेतले बताउनुभयो ।
भरतपुर महानगरकाे मेयरमा एमालेले अघि सारेको उमेदवार बिजय सुवेदी यहाँको लाेकप्रिय नेता रहेको बस्नेतले बताउनुभयो ।
मतपत्र च्यातेर वा धादलि गरेर चुनाव जित्ने सपना नदेख्न बस्नेतले चेतावनी समेत दिनुभयाे ।
अझै पनि एमालेकाे अाैंलाे समायर हिड्न प्रचण्ड प्रयत्न गर्दैछन् अब त्याे संभव नरहेको बस्नेतकाे भनाई छ ।
राप्रपा नेता बिक्रम पाण्डेलाई सूर्य चिन्ह लियर चुनाव लड्न बस्नेतले सार्वजनिक सुझाव राख्नुभयाे ।
एमालेकाे देशव्यापी जनलहर बृद्धि भएको उहाँले बताउनुभयो ।
कार्यक्रम संघका जिल्ला संयाेजक शंकर अधिकारीकाे अध्यक्षता भएको थियाे ।