सचिन भट्टराई –
गत निर्वाचनमा मतपत्र च्यात्तिएको काण्ड र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका यसपटक राष्ट्रिय राजनीतिकाे चर्चाकाे केन्द्रमा छ ।
त्यसमाथि प्रचण्डकी छाेरी समेत रहेकी माओवादी नेतृ रेनु दाहालकाे पुन: उमेदवारी रहने चर्चाले यहाँको राजनीति थप तातिएकाे छ ।
स्थानीय तहकाे २०७४ सालकाे निर्वाचनमा भरतपुर महानगरपालिकाकाे प्रमुख पदमा एमाले उमेदवार देवीप्रसाद ज्ञवालीले प्राविधिक रुपमा पराजय भाेगे । तर, निष्पक्ष गणना भएका भए उहि बेला ज्ञवाली बिजयी हुन्थे भन्ने कुरा राजनीतिमा थाेरैमात्र चासाे राख्ने जाेकाेहिले पनि स्पष्ट भन्न सक्छन् । त्यसबेला चुनावी नतिजाकाे अन्तिम घडीमा मतपत्र च्यातेर गणना स्थगित गरि भरतपुर-१९ मा पुन मतदान भयाे । मेयरमा माओवादी केन्द्रकि रेनु दाहाल बिजयी भईन् ।
दाहाल उ बेला पनि काँग्रेस र माओवादी केन्द्रकाे गठवन्धनकाे उमेदवार थिईन् । ज्ञवाली एमाले एक्लैबाट प्रतिष्पर्धामा थिए ।
अन्तिम परिणाम अनुसार दाहालले ४३ हजार १२७ र ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।
२०३ मतकाे झिनाे अन्तरले दाहाल बिजयी भईन् ।
याे मतदृष्यकाे अर्थ के हाे भने भरतपुरमा आम मतदाता एमालेकाे मेयर चाहान्छन् । त्यसवेला जनताले भरतपुरमा एमालेकाे पक्षमा स्पष्ट मत जाहेर गरेका हुन् ।
यसपटक भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ थप भई एकलाख ८५ हजार ७५२ मतदाता छन् ।
थप भएका मतदाता अधिकाँश तन्नेरी मतदाता छन् ।
पार्टी बिभाजन र टुटफुटकाे पीडा बेहाेरेकाे नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे सरकारवाट बहिगर्मन भएपछि पछिल्लो पटक सांगठनिक श्रीबृद्धिमा व्यापक कमब्याक गरेको पाईन्छ । त्याे तथ्य पछिल्लाेपटक ओलीको उपस्थितिमा देशब्यापी सभामा भएको जनउपस्थितिले पुष्टि गरिरहेका छन् ।
समृद्ध नेपाल सुखि नेपालीकाे राष्ट्रिय नारा बाेकेर जनतामाझ गईरहेकाे नेकपा एमालेसंग जनताले बिकासकाे प्यास मेट्न खाेजिरहेकाे बुझिन्छ ।
अब चर्चा गराैं भरतपुरमा एमाले किन ?
१) अघिल्लो पटक मतपत्र च्यातियर प्राविधिक रुपमा पराजय भाेगेकाे नेकपा एमालेलाई यहाँका जनताकाे व्यापक साहानुभुति छ ।बिपक्षीकाे गठवन्धन हुदा पनि जित्ने गरि मत दिएका जनतालाई एमालेलाई जिताउने हुट्हुटि छ ।
२) भरतपुर देशकै मध्यभागमा रहेको उदाउँदो शहर हाे । राज्य पुनरसंरचना ताका भरतपुरलाई देशकै राजधानी बनाउने चर्चा पनि नचलेको हाेईन । यसकाे मतलव यहाँ बिकासकाे मुल फुटाउनु छ । देशलाई समृद्ध बनाउने स्पष्ट खाका र मार्ग चित्र बाेकेकाे हुनाले यहाँ एमालेलाई जिताउन आवश्यक छ ।
३) चितवन जिल्लाकै समृद्धि र ब्यवस्थित याेजना समेटेर तत्कालीन जिल्ला विकास समितिले गठन गरेकाे समितिकाे नेतृत्व गरि गुरुयोजना निमार्ण गर्ने नेता बिजय सुवेदीलाई एमालेले मेयरमा अघि सारेकाे छ । जस्काे नीति उसको नेतृत्व हुनुपर्ने शाश्वत मान्यता स्थापित गर्न भरतपुरकाे मेयरमा एमालेलाई जिताउन आवश्यक छ ।
४) अहिले भरतपुर महानगरपालिकाका माैजुदा बिकासका कार्यक्रममा मुलत सिटिहल निर्माण र गाेन्द्राङ सडकलाई चर्चा गर्ने गरेको पाईन्छ । यी दुवै परियोजना ओली सरकारले निर्माण गर्दै गरेका हुन् । यिनहरुकाे शिलान्यास स्वयम् केपी ओली प्रधानमन्त्री छदा गरेका थिए । फाेहाेर ब्यवस्थापन , रिङ राेड निर्माण, पर्यटन , कृषि आदिमा हाल अपेक्षित नतिजा आउन सकेनन् । यसका लागि पनि भरतपुरमा एमाले जिताउन आवश्यक छ ।
५) अहिले एमाले बिरुद्ध सारादल एक गठ भएका छन् । निति बिचार आस्था एजेन्डा तितरवितर भएकाे गठवन्धन लाई भाेट दियर किन फेरि अस्थिरता कै सिकार बन्ने ? याे प्रश्न जनताको मनमनमा छ । कमसेकम लाेकतन्त्रमा बिश्वास राख्ने प्रगतिशील , बिकास र समृद्धिकाे संवाहकलाई बिजय गराउन एमाले राेज्नुकाे बिकल्प छैन ।
(लेखक सचिन भट्टराई प्रेस चौतारी नेपाल चितवनका पूर्व जिल्ला कमिटि सदस्य हुनुहुन्छ ।)