लाेकप्रिय नेता बिजय सुवेदी एमालेबाट भरतपुरकाे मेयर उमेदवार

चितवन, २७ चैत । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्नु हुने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदी महानगर मेयरको पदमा सिफारिस हुनु भएको महानगर कमिटी अध्यक्ष शंकर थपलिया जानकारी दिनुभयो ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गरेको हो ।

सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । उहाँ नेकपा एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख भईसक्नु भएको छ । हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरपालिका वडा नं. १२ का स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा योजनाबद्ध रुपमा अस्पताललाई अगाडि बढाएको भन्दै प्रशंसा भएको थियो ।

शेयर गरौ

ताजा अपडेट