भरतपुर महानगर मेयरमा काङ्ग्रेसबाट १० जना आकांक्षी

 

चितवन २७ चैत । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा जनाको र उप मेयरमा जनाको मनोनयन दर्ता भएको छ ।

आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी , रहेका छन् ।

यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल , देबेन्द्र गुरुङले मनोनयन दर्ता गराएका महानगर कांग्रेसले जनाएको छ ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएसँगै मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै गएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु गरिएको हो । मनोनयन भोलि सोमबार अपरान्न चार बजेसम्म चल्ने माहानगर काङ्ग्रेसले जनाएको छ ।आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन हुँदै छ ।

शेयर गरौ

ताजा अपडेट