भरतपुर महानगरका प्रभावशाली माओवादी नेता खेम भट्ट एमाले प्रबेश

चितवन समाचार डटकम, २७ चैत ।
नेकपा माओवादी केन्द्र चितवनका प्रभावशाली नेता खिमलाल भट्ट (खेम भट्ट ) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
भट्ट लाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जिल्ला पार्टी कार्यालय चितवनमा एक कार्यक्रमका बिच प्रवेश गराउनुभयाे ।

चितवनका पुराना मानिने नेता भट्ट हाल नेकपा माओवादी केन्द्र चितवन जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि, महानगरपालिका ३ नंं वडा इन्चार्जकाे जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यस्तो छ भट्टकाे राजनीतिक र सामाजिक जीवन ।।।।

नाम ः खिमलाल भट्ट
–ठेगाना स्थायी ः पटिहानी–२, चितवन
–अस्थायी ः भरतपुर महानगरपालिका वार्ड न ३ बेलचोक, नारायणगढ
–जन्म मिति ः २०१६।०६।१४
–शिक्षा ः प्रवीणता प्रमाणपत्र तह
–पार्टी सदस्यता मिति ः २०३५ साल चैत
–अनेरास्ववियु चितवन (छैटौँ) अध्यक्ष २०३७
–खगेरी जलउपभोक्ता समितिको सचिवको हैसियतमा काम गरेको २०४५देखि दुई कार्यकाल
–नेपाली सेवा समाज जापानको समितिमा सचिव भई काम गरेको (२०५१–०५३)
–जापानिज भाषा र त्यहाँको आधुनिक कृषिसम्बन्धी ज्ञान ।
–जिविस, चितवन सदस्य २०५४–२०५९
–पार्टी जिल्ला कमिटी सदस्य २०५५–२०५६
–अखिल नेपाली किसान महासंघ सदस्य २०५६–५७
–पार्टी जिल्ला समिति सदस्य २०५८
–पहिलो ऋब् को प्रतिनिधि छनोटमा पहिलो नम्बरमा सिफारिस २०६४
–पर्यटन विकास समिति चितवनको सदस्य २०६४
–पर्यटन विकास समिति चितवन अध्यक्ष (हालसम्म)
–अमर माविलाई उच्चमावि कलेज बनाउनलाई अध्यक्ष रहेर धान्य पर्व सम्पन्न गरेको । गंगानगर माविलाई उच्च मावि बनाउने । सुन्दरबस्ती निमाविलाई मावि बनाउने ।  हनुमाननगर निमाविबाट मावि बनाएको (सो कार्यकालमा अध्यक्ष)
–अन्नपूर्ण उच्चमावि पावर्तीपुर, भानु उच्चमावि मधुपुरी, सहिद स्मृति उच्चमावि पारसनगर, लक्ष्मी उच्चमावि जगतपुर,आदिको विकासमा भूमिका खेलेको ।
– प्रहरी हिरासतमा पटक–पटक यातना पाएको । जनआन्दोलनको घाइतेसमेत ।
–हाल नेकपा माओवादी केन्द्र चितवन जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि, महानगरपालिका ३ नंं वडा इन्चार्ज ।

शेयर गरौ

ताजा अपडेट