चितवन ८ फागुन । दुर्घटना न्यूनिकरण गर्दै सुन्दर सहर बनाउन डस्विन र ट्राफिक चेतना मुलक स्टिकरण आज वितरण गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर ट्राफिक प्रहरी कार्यालयले नारायणगढमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो । ३ नं. प्रदेश ट्राफिक कार्यालय रामनगर चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सचेतना कार्यक्रम गरेको हो । तीन दिने प्रजातन्त्र दिवसको कार्यक्रम अन्र्तगत आज सवारी साधनमा डस्विन, ट्राफिक चेतनामुलक स्टिकर टासेर दुर्घटना न्यूनिकरण गर्नको लागि सूचित गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, ३ नं. प्रदेश ट्राफिक कार्यालयका प्रमुख नविनकुमार राई, राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीलगायतले दुर्घटना न्युनिकरणको लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । चितवनको सडकमा दैनिक ४ हजार भन्दा धेरै सवारी साधन चल्ने गरेको प्रहरीले जनाएको छ ।
