बालिकामाथि यौन दुव्र्यवहार गर्ने दुइ शिक्षक प्रहरी नियन्त्रणमा

चितवन, २५ चैत । बालिकामाथि यौन दुव्र्यवहार गर्ने दुइ शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १३ गंगानगरको श्री माध्यमिक विद्यालयमा अध्यापन गर्ने दुइ शिक्षकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सोही स्थानका ५८ वर्षीय फणीन्द्र भट्टराइ र ५२ वर्षीय बिमलप्रसाद देबकोटा रहेका छन् ।
उनीहरुले कक्षा ४ मा अध्यनरत १३ वर्षकी र कक्षा ६ मा अध्यनरत १२ वर्षकी नाबालिकलाई पढाउने क्रममा संबेदनशिल अंङग सुम्सुम्याउने जस्ता दुव्यवहार गरेको उजुरी परेको थियो । प्रहरी कार्यालयमा वालिकाका अभिभावकले उजुरी दिएपछि अनुसन्धनाको लागि नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट