काठमाडौं २५ चैत । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ।
२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए।

बार एशोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका सबै उम्मेदवारले फराकिलो मतान्तरमा एमाले निकट प्रगतिशील समूहलाई पराजीत गरेका छन् ।
घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।
महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।