चितवन २६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको सवै स्थानमा गठवन्धन दलहरु तालमेल गरेर जाने निर्णय भएको बताउनु भएको छ ।
शुक्रबार भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाले आज बसेको बैठकले सत्तारुढ दलको बैठकमा सवै तहमा तालमेल गरेर जाने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
आज वसेको वैठकमा सत्तारुढ दलहरु बिच तालमेको विषमया कुरा भएको थियो त्यसमा कसरी जित हासिल हुन्छ भन्ने कुरामा नै केन्द्रीत भएका थियौ । उहाले भन्नुभयो मुख्य रुपमा निर्बाचन केन्द्रित भएर कुरा भएको छ । सबै तिर तालमेल गरेरनै जाने भन्ने कुरा भयो । फरक प्रसंगमा बोल्दै उनले भरतपुर महानगरको विषय छलफलमानै प्रबेश नगरेको बताउनु भयो । उहाले भन्नुभयो छलफलबाट निकास निकाल्छौं । केही समस्या छैन । विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आउनु भएको हो ।